काठमाडौँ; श्रम, संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले नेपालको स्वाधीनता र राष्ट्रिय झण्डाको सानलाई सदैव जोगाइराख्नुपर्ने बताउनुभएको छ।
बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले देशको अस्तित्व रक्षाका लागि अमेरिकी सहायता परियोजना एमसीसी (MCC) खारेज गर्न माग गर्नुभयो।

साम्पाङले व्यक्तिगत कुरा भन्दा पनि देश र जनताको बृहत्तर हितका विषय उठाउनुभएको छ। उहाँ भन्नुहुन्छ, “म यहाँ मनको कथा राख्न चाहन्नँ। हामी के गरिरहेका छौँ र भोलि के गर्नुपर्छ भन्नेबारे जनताका मागहरू भन्न चाहन्छु। ” उहाँका अनुसार एमसीसी सैन्य रणनीतिक उद्देश्यका साथ सुरु गरिएको एक असमान व्यापारिक सन्धि हो।
सम्बोधनका क्रममा साम्पाङले नेपाली समाजमा गहिरो गरी गढेको ढिलासुस्तीको प्रवृत्तिमाथि प्रहार गर्नुभयो। “हामी के गरिरहेका छौँ र भोलि के गर्नुपर्छ भन्ने कुरामा स्पष्ट हुनुपर्छ,” उहाँ भन्नुहुन्छ, “नेपाली परम्परा जस्तो ढिलासुस्ती गरेर देश चल्दैन, हामीले जनताका मागहरूलाई तत्काल सम्बोधन गर्नुपर्छ।”



