काठमाडौँ;चैत १९ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाउँदै प्रतिनिधिसभामा विरोध जनाएको छ।
बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमै समय लिएर एमाले सांसद गुरु बरालले प्रतिवेदनले भदौ २३ र २४ गतेका घटनामा ‘दोहोरो मापदण्ड’ अपनाएको भन्दै आपत्ति जनाउनुभएको हो।




