काठमाडौं;राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। उनले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।
राजीनामामा उनले देशको बदलिएको राजनीतिक परिवेशलाई ध्यानमा राख्दै नवगठित सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले पद त्यागेको बताएका छन्। साथै, उनले सरकारको सफलताको कामना गरेका छन्।

धर्मेन्द्र झालाई २०७९ असार ७ गते मन्त्रिपरिषद्ले राससको अध्यक्षमा नियुक्त गरेको थियो।



