काठमाडौं ;प्रधानमन्त्री बालेन शाहले मुलुकका समसामयिक समस्या र विकासका चुनौतीबारे सांसदहरूसँग प्रत्यक्ष संवादको थालनी गर्नुभएको छ । सिंहदरबारमा जारी यस शृङ्खलाबद्ध छलफलमा प्रधानमन्त्री शाहले आज कर्णाली, कोशी र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग राय-सुझाव लिनुभएको छ ।

प्रधानमन्त्री शाहले जिल्लागत रूपमा देखिएका तत्कालिन समस्याहरू पहिचान गर्न र तिनको प्रभावकारी समाधानका लागि सांसदहरूबाट प्रत्यक्ष सुझाव माग गर्नुभएको छ। यसैबीच, हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले भने उक्त छलफललाई पूर्ण रूपमा बहिष्कार गरेको छ ।

पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नु पर्छ ।

’संसद्को अधिकार र गरिमालाई ‘कोठाभित्र’ सीमित गर्न खोजिएको भन्दै सो पार्टीका सांसदहरू बैठकमा सहभागी भएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय