नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
पाँचखाल नगरपालिका र लायन्स इन्टरनेशनलको आयोजनामा भुवनेश्वरी आवासीय विद्यालयमा भएको स्वास्थ्य शिविरमा ४ सय ९६ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा ९६ जनाको ल्याब परीक्षण, ८६ जनाको भिडियो एक्सरे, ६७ जनाको ईसीजी गरिएको थियो । २८ जनाको दाँत खोलिएको थियो भने १८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।



