माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग वाइसीएलको केन्द्रीय कमिटीको शपथ ग्रहणलाई वाइसिएल जिल्ला संगठन काठमाडौँले बहिष्कार गरेको छ। वाइसीएलको जिल्ला संगठन काठमाडौँले सिफारिस गरेको केन्द्रीय सदस्यको नामावली हेरफेर गरी मनोमानी ढंगले थपघट गरी नामावली प्रकाशित गरेको भन्दै असन्तुष्टि जनाएको छ । योङ कम्युनिस्ट लिग जिल्ला समिति काठमाडौँले आइतबार विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यको नामावलीप्रति असहमति जनाउँदै चिन्ता व्यक्त गरेको छ। जेठ १९ गतेदेखि सञ्चालन भएको वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलन नेतृत्वका लागि विवाद हुँदा लम्बिएको थियो ।
योङ कम्युनिस्ट लिग नेपालको २०८२ जेष्ठ १८-२३ मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित हुनुभएका केन्द्रिय पदाधिकारी, आयोग पदाधिकारी, केन्द्रिय समिती र आयोग सदस्यहरूको शपथ ग्रहण समारोह जेष्ठ २५ गते आइतबार सम्पन्न भएको छ।


नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए ।



