काठमाडौं: प्रेस काउन्सिलसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकका विषयमा सरकारका तीन मन्त्रीबीच छलफल भएको छ।

शुक्रबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजित छलफलमा कानुनमन्त्री सोविता गौतम, गृहमन्त्री सुधन गुरुङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना सहभागी भएका थिए। छलफलमा सरकारका उच्चपदस्थ कर्मचारी तथा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोका प्रतिनिधिहरूको समेत सहभागिता थियो।

विधेयकको प्रस्तावनामा पत्रकारिताको पेसागत तथा व्यावसायिक आचरण कायम राख्दै प्रेस क्षेत्रलाई विश्वसनीय र मर्यादित बनाउने उद्देश्य राखिएको छ। साथै, स्वनियमनलाई प्रवर्द्धन गर्दै स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि प्रेस काउन्सिललाई स्वायत्त नियामक निकायका रूपमा स्थापना र सञ्चालन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

छलफलमा विधेयकका प्रस्तावित व्यवस्था, प्रेस काउन्सिलको स्वायत्तता, पत्रकारिताको स्वनियमन तथा नियमनसम्बन्धी विषयमा विचारविमर्श भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय